सोर्लाेथको चमत्कार: रियल म्याड्रिडलाई बराबरीमा रोकियो
नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथको ह्याट्रिकसहित चार गोलले भिल्लारियलले ला लिगा च्याम्पियन रियल म्याड्रिडलाई ४-४ गोलको रोमाञ्चक बराबरीमा रोक्न सफल भयो।
खेलमा रियल म्याड्रिडले आरामदायी अग्रता लिएको थियो, तर सोर्लाेथको असाधारण प्रदर्शनले भिल्लारियलले खेलमा फर्किन सफल भयो। रियलका अर्दा गुलेरले दुई तथा जोसेलु र लुकास भास्क्वेजले समान एक-एक गोल गरे।
खेलको १४औं मिनेटमा गुलेरको गोलबाट रियलले अग्रता बनाएको थियो। ३०औं मिनेटमा जोसेलुले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा सोर्लाेथले गोल गर्दै गोल अन्तर २-१ मा झारे।
४०औं मिनेटमा लुकास भास्क्वेजले गोल गरेपछि रियल खेलमा ३-१ ले अघि बढ्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अर्दा गुलेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि रियलले पहिलो हाफमै ४-१ को आरामदायी अग्रता लिन सफल भयो।
तर, दोस्रो हाफमा रियलले त्यो अग्रतालाई जोगाउन सकेन। दोस्रो हाफमा ९ मिनेटको अन्तरमा सोर्लाेथले तीन गोल थप्दै खेललाई ४-४ गोलको बराबरीमा ल्याए।
४८औं मिनेटमा दोस्रो गोल गरेका सोर्लाेथले ५२औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। ५६औं मिनेटमा सोर्लाेथले व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्दै खेललाई ४-४ गोलको बराबरीमा ल्याए।
रियलविरुद्ध चार गोल गरेसँगै सोर्लाेथ ला लिगाको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा उक्लिएका छन्। उनले यो सिजन ३३ खेल खेल्दा २३ गोल र ६ असिस्ट प्रदान गरेका छन्।
यस बराबरीसँगै रियलको ३७ खेलबाट ९४ अंक पुगेको छ भने भिल्लारियल ५२ अंक जोडेर आठौं स्थानमा छ।
अन्य नतिजा
- एथलेटिको बिल्वाओविरुद्ध सेभिया (२-०)
- एट्लेटिको मड्रिडविरुद्ध ओसासुना (१-४)
- बार्सिलोनाविरुद्ध रायो भालेकानो (३-०)
- क्याडिजविरुद्ध लास पाल्मास (०-०)
- ग्रानडाविरुद्ध सेल्टा भिगो (१-२)
- मलोर्काविरुद्ध अल्मेरिया (२-२)
- रियल बेटिसविरुद्ध रियल सोसिडाड (०-२)
- भ्यालेन्सियाविरुद्ध जिरोना (१-३)
यस ऐतिहासिक खेलको समीक्षा र अन्य सट्टेबाजी जानकारीहरूको लागि, wewa365.com र wewabet.com मा जुवा, क्रिकेट, फुटबल, खेलकुद, सट्टेबाजी जस्ता मुख्य गतिविधिहरूमा अद्यावधिकहरू हेर्न सक्नुहुन्छ।