श्रीलंकालाई हराउने अवसर: नेपाली क्रिकेटप्रेमीहरूको मन जित्ने कप्तान रोहित पौडेलको प्रतिबद्धता
नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टी२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ। नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए। उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढाएको अभिव्यक्ति दिए।
‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन्। यसले हाम्रो मनोबल बढाएको छ, अझ विशेष भोलीको खेलअघि। हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं। हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं। हामीमा सधैं विश्वास छ।’
रोहितले श्रीलंकाका स्पिनरहरू राम्रो भए पनि नेपाल तयार रहेको बताए। ‘श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन्। हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ। तर सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन्। हामीले भोली गएर विश्वसामु आफ्नो प्रतिभा देखाउने हो।’
रोहितले अमेरिकामा भइरहेको विश्वकप खेलमा राम्रो स्कोर नबनेपनि फ्लोरिडामा फरक अवस्था हुने बताए। ‘न्युयोर्क र डालासमा भन्दा यहाँ फरक पिच छ जस्तो लाग्छ। विकेट पनि राम्रो छ र क्युरेटरसँग छलफलमा पनि यो कुरा भएको थियो। यसअघि वार्म अप खेलमा पनि १ सय ८० को स्कोर बनेको छ। त्यसैले हामी खेलको प्रतिक्षामा छौं,’ रोहितले भने।
कप्तान पौडेलले नेपालले ओपनरमा परिवर्तन गर्ने सम्भावना नरहेको बताउँदै मैदानको अवस्था अनुसार टोली छनोट हुने बताए। ‘भोली पनि वर्षाको सम्भावना रहेको छ। अब खेल हुँदा मैदानको अवस्थाले नै टोली छनोटमा निर्णय लिनेछौं। हाललाई भने हामीले ओपनरमा विश्वास कायम राख्ने नै सोच बनाएका छौं,’ उनले थपे।
विश्वकपअघि श्रीलंकाले फ्लोरिडामै दुई वार्मअप खेल खेलेको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रोमा आयरल्यान्डलाई पराजित गरेको थियो। नेपालले भने एकमात्र वार्मअप खेलमा क्यानडासँग हार बेहोरेको थियो।
नेपालले यसपछि समूहको अन्तिम दुई खेल सेन्ट भिन्सेन्टको आर्नस भेल रंगशालामा खेल्नेछ। श्रीलंकाविरुद्ध नेपाल १४ सदस्यीय टोलीसहित उत्रनेछ। प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्य मात्र छनोटका लागि योग्य हुनेछन्। वेस्ट इन्डिज पुगेपछि भने सन्दीप टोलीमा जोडिनेछन्।
श्रीलंकाले विश्वकपको सुरुवाती दुई खेलमा दक्षिण अफ्रीका र बंगलादेशसँग हार बेहोरेको थियो। यता नेपाल भने नेदरल्यान्ड्ससँग पराजित भएको हो। श्रीलंकाले यो खेल गुमाए विश्वकपबाट बाहिरिनेछ। खेलको अघिल्लो दिन तीव्र गतिका बलिङ प्रशिक्षक आकिब जावेदले नेपाललाई कमजोर नआँक्ने बताए।
‘विश्वकपमा नतिजा देखिरहेका छौं। सबै टोली उस्तै छन्। हामीले भोलिको खेललाई अर्को एक महत्त्वपूर्ण खेलको रुपमा नै लिएका छौं। नेपालले पनि राम्रो क्रिकेट खेल्छ।’
‘हाम्रो बलिङ आक्रमण केहि राम्रो छ। हारमा पनि राम्रो प्रदर्शन भएको छ। तर यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ। त्यसैले हामीले भोली त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ।’
नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलो पटक एक अर्काको सामना गर्दैछन्। उमेर समूहमा भने पटक पटक भेट भएको इतिहास छ। सन् २०१६ को यू१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो। उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेका थिए। यी दुवै अहिले विश्वकप टोलीमा छन्। नेपालबाट भने उक्त खेलमा आसिफ शेख, कमलसिंह ऐरी र सन्दीप लामिछाने पनि खेलेका थिए।
खेलकुद र सट्टेबाजी सम्बन्धी थप जानकारीका लागि wewa365.com र wewabet.com मा भ्रमण गर्नुहोस्।