विश्व कपको पहिलो खेलमा नेपालको हार: सम्हाल्न सकेन टोलीको प्रदर्शन!
नेदरल्यान्ड्स विरुद्ध आइसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो। अन्तिम ३ ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो। सोमपाल कामीको १८औं ओभरमा नेदरल्यान्ड्सले ६ सिंगल सहित ६ रन बनाएको थियो। सो ओभरमा म्याक्स ओ’डाउडको क्याच कप्तान रोहित पौडेलले छोडेका थिए।
अविनाश बोहोराको १९औं ओभरको पहिलो र दोस्रो बलमा ओ’डाउडले चौका र छक्का प्रहार गर्दै खेल नेपालको हातबाट टाढा लगाइदिए। तेस्रो बलमा उनले १ रन लिए। चौथो बलमा डे लिडले चौका प्रहार गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।
खेलाडीहरूको प्रदर्शन
ओ’डाउडले ४८ बलमा ४ चौका र १ छक्कासहित ५४ रन बनाएर अविजित इनिङ खेले। डे लिडले १० बलमा ११ रन बनाएर अर्कोतर्फ नटआउट रहे।
रन रोक्न सफल रहेपनि विकेट निकाल्न नसक्दा नेपाल जितविहिन रह्यो। नेपालले दोस्रो ओभरमै डच ओपनर माइकल लेभिटलाई आउट गर्दै पहिलो विकेट लिएको थियो। लेभिट सोम्पलदको बलमा १ रन बनाएर दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भएका थिए। तेस्रो नम्बरमा आएका विक्रमजित सिंहलाई नवौं ओभरमा दिपेन्द्रले २२ रनमा एलबिडब्लु आउट गराए। उनले २८ बलमा ४ चौका प्रहार गरे।
तेस्रो विकेटका रुपमा साइब्राण्ड एङगलब्रेक्ट १६ बलमा १४ रन बनाएर १४औं ओभरमा रनआउट भए। सोहि ओभरमा स्कट एडवार्ड्स आउट भएपनि रिभ्यु लिएर क्रिजमा रहन सफल रहेका थिए। तर १६औं ओभरमा उनी अविनाश बोहोराको बलमा ५ रन बनाएर बोल्ड भए। त्यसपछि भने कुनै विकेट खस्न नसक्दा नेपाल पराजय भोग्न बाध्य भयो।
नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १ विकेट लिए। सोमपालले ४ ओभरमा १८ रन खर्चिए। दिपेन्द्रले २ ओभरमा ६ रन मात्र दिए भने अविनाशले ३.४ ओभरमा २९ रन दिए।
करण केसीले ३ ओभरमा १७ रन दिँदै विकेटविहिन रहे। गुलशन झाले २ ओभरमा १७ रन दिँदा सागर ढकालले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए।
नेपालको कमजोर ब्याटिङ प्रदर्शन
त्यसअघि अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनको सामान्य योगफलमा समेटियो। नेपालका लागि कप्तान रोहितले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए। अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ भने पाउन सकेनन्।
नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो। नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो। खराब सुरुवाट पछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे।
ओपनर आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए। उनले ८ बलमा ४ रन बनाए। तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने। उनलाई भ्यान बिकले एलबिडब्लु शिकार बनाएका थिए।
तेस्रो विकेट पनि प्रिन्गलले नै लिए। आठौं ओभरको चौथो बलमा अनिल स्विप सट खेल्ने क्रममा इस्वेर लेगको फिल्डर लोगन भ्यान बिकद्वारा क्याच आउट भए। अनिलले १२ बलमा २ चौका सहित ११ रन बनाए।
केहि आशालाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठुलो स्कोर बनाउन सकेनन्। उनलाई पल भ्यान मिकरनले १०औं ओभरमा म्याक्स ओ’डाउडको हातबाट ९ रन बनाउँदा क्याच आउट गराए। दीपेन्द्र १ रन बनाएर बास डे लिडेको बलमा स्लिपमा क्याच आउट भए।
सोमपाललाई १४औं ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे। त्यसपछि सातौं विकेटका लागि रोहित र गुलशन मिलेर सम्हालिएको ब्याटिङ गरेका थिए। सो साझेदारी प्रिन्गलले १६औं ओभरमा रोहितलाई आउट गरेर तोडे।
करणले केहि विष्फोटक अन्त्य गर्ने प्रयास गरे। १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९औं ओभरमा डे लिडेको शिकार बने। गुलशनलाई भ्यान बिकले १५ बलमा १४ रन बनाएको अवस्थामा बोल्ड आउट गरे। अविनाश बोहोरा पनि भ्यान बिकद्वारा पहिलो बलमा शुन्यमा बोल्ड भए।
नेदरल्यान्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३ विकेट लिए। प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भ्यान बिकले ३.२ ओभरमा १८ रन दिए। भ्यान मिकरन र डे लिडेको नाममा २-२ विकेट रह्यो। भ्यान मिकरनले ४ ओभरमा १९ रन खर्चिंदा डे लिडेले ४ ओभरमा १ मेडन सहित २२ रन दिए। भिभियन किङ्गमाले ४ ओभरमा २३ रन दिए।
नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंका विरुद्ध खेल्नेछ। सो खेल फ्लोरिडामा हुनेछ। त्यसपछि दक्षिण अफ्रिका र बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ।
#क्रिकेट #फुटबल #खेलकुद #जुवा #सट्टेबाजी #wewa365 #wewabet