विश्वकप क्रिकेटमा अष्ट्रेलियाको रोमाञ्चक जित: इंग्ल्याण्डलाई ३६ रनले हरायो
आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह बी को खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २०१ रन जोड्यो। अष्ट्रेलियाका कुनै पनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामक ब्याटिङ गरे।
ओपनरद्वय ट्राभिस हेड र डेविड वार्नरले आक्रमक सुरुवात दिलाए। पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर १६ बलमा २ चौका र ४ छक्कासहित ३९ रन बनाउँदै आउट भए। हेडले १८ बलमा ३६ रन बनाए।
कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए। इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।
जवाफमा राम्रो सुरुवात गरेपनि मध्यक्रम नचल्दा इंग्ल्यान्ड ६ विकेटको क्षतिमा १६५ रन बनाउँदै पराजित हुन पुग्यो। आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो। उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
जाम्पाले साल्टलाई बोल्ड गरेर आफ्नो अर्को ओभरमा कप्तान बटलरलाई पनि आउट गरे। बटलरले २८ बलमा ४२ रनको योगदान दिएका थिए। विल ज्याक्स १० र जोनी बेयरस्टो ७ रनमा आउट भए।
मोइन अलीले २५, ह्यारी ब्रुकले २० र लियाम लिभिंगस्टोनले १५ रन मात्र जोडे। प्याट कमिन्स र एडम जाम्पाले २-२ विकेट लिए।
अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबियाको २ खेलमा २ अंक छ। इंग्ल्यान्डको १ अंक र ओमान अंकविहीन छन्।
खेलकुद समाचार र सट्टेबाजी अपडेटका लागि जुवा, क्रिकेट, फुटबल, खेलकुद, र सट्टेबाजी सम्बन्धी ताजा समाचारका लागि wewa365.com र wewabet.com मा अपडेट रहनुहोस्।
तपाईंको विचारमा, इंग्ल्याण्डले आफ्नो आगामी खेलमा बलियो प्रदर्शन गर्न सक्ला? तल कमेन्टमा आफ्ना विचार लेख्नुहोस्।