वर्षाले प्रभावित खेलमा अस्ट्रेलियाको बंगलादेशमाथि रोमाञ्चक जित
ICC टी-२० विश्वकप अन्तर्गत सुपर एटको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले बंगलादेशमाथि डकवर्थ-लुइस नियमअनुसार २८ रनको जित हासिल गरेको छ। एन्टिग्वामा वर्षाले प्रभावित खेलमा अस्ट्रेलियाले यो जित हात पारेको हो।
बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा, अस्ट्रेलिया ११.२ ओभरमा २ विकेटको क्षतिमा १०० रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो। त्यसपछि पुनः खेल सुचारु हुन नसकेपछि अस्ट्रेलियाले २८ रनको जित हासिल गरेको हो।
वर्षाले खेल प्रभावित हुनुअघि, अस्ट्रेलियाका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५३ रन बनाएर अविजित थिए। अर्कोतर्फ, ग्लेन म्याक्सवेलले ६ बलमा २४ रन बनाएर खेलिरहेका थिए। ट्राभिस हेडले ३१ रन बनाएका थिए भने मिचेल मार्श एक रनमै आउट भएका थिए।
अस्ट्रेलियाको दुई विकेट रिसाद होसेनले लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो। बंगलादेशका लागि नजमुल हसन शान्तोले सर्वाधिक ४१ रन बनाए भने टोहिद हृदोयले ४० रन जोडे। ओपनर लिटन दासले १६ रन र तासकिन अहमदले १३ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिक सहित ३ विकेट लिए। उनले १८औं ओभरको अन्तिम दुई बल र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। यस्तै, एडम जाम्पाले २ विकेट तथा मिचेल स्टार्क, मार्कस स्टोइनिस, र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए।
सुपर एट चरण अन्तर्गत आज बेलुका ८:१५ बजे इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्ने छन्।
खेलकुद, फुटबल, क्रिकेट, जुवा, सट्टेबाजी जस्ता रोचक विषयहरूमा थप जानकारीका लागि wewa365.com र wewabet.com मा जानुहोस्।