किलियन एमबाप्पे: रियल म्याड्रिडमा नयाँ अध्यायको सुरुवात
फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एमबाप्पे मंगलबार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रूपमा सार्वजनिक भएका छन्।
एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल गएका हुन्। २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रियलको रंगशालामा ८० हजारभन्दा बढी समर्थक उपस्थित थिए।
पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक फ्रेन्च लिग जितेका थिए। उनले पेरिसस्थित क्लबबाट ४ फ्रेन्च कप, २ फ्रेन्च लिग कप र ३ फ्रेन्च सुपर कप पनि जिते। एमबाप्पेले क्लबमा आफ्नो सात सिजनको अवधिमा पिएसजीका लागि ३ सय ५ खेल खेल्दै २ सय ५५ गोल गरे।
उनले रियल खेलाडीको रूपमा ९ नम्बरको जर्सी लगाउनेछन्। रियलको नम्बर ९ जर्सी लगाउने अन्य फुटबलरहरूमध्ये क्रिस्टियानो रोनाल्डो (उनी पछि नम्बर ७ जर्सीमा परिवर्तन भए), रोनाल्डो नाजारियो (ब्राजिलियन रोनाल्डो), करिम बेन्जेमा थिए।
एमबाप्पेको रियलसँग अनुबन्ध गत महिना पुष्टि भएको थियो। तर सुपरस्टार फुटबलर फ्रान्ससँग अन्तर्राष्ट्रिय प्रतिबद्धता भएकाले आज मात्र सार्वजनिक भएका हुन्। एमबाप्पेले जर्मनीमा भएको युरो २०२४ मा फ्रान्सको नेतृत्व गरेका थिए।
एमबाप्पेका लागि युरो कप भने कठिन रह्यो। प्रतियोगिताको प्रारम्भिक चरणमा उनको नाकमा चोट लागेको थियो भने यसपटक युरोमा उनले १ गोल मात्र गरे। फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो।
फ्यानहरूका लागि सन्देश
किलियन एमबाप्पेले आफ्नो करियरमा धेरै उपलब्धि हासिल गरेका छन्। उनको प्रतिबद्धता, मेहनत, र फुटबलप्रतिको जुनून हामी सबैका लागि प्रेरणादायी छ। नयाँ क्लबमा उनले कस्तो प्रदर्शन गर्नेछन् भन्ने कुरा हेर्न सबै उत्साहित छन्।
यदि तपाईंलाई फुटबल, खेलकुद, जुवा, सट्टेबाजी र खेलहरूको खबरहरूमा रुचि छ भने, wewa365.com र wewabet.com मा निरन्तर अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ। यी वेबसाइटहरूले तपाईंलाई क्रिकेट, फुटबल, खेलकुद, र अन्य समाचारहरूमा अपडेट राख्नेछन्।